आजको एपिसोड म एउटा सानो र बडो दुःखलाग्दो कुराबाट सुरु गर्न चाहन्छु। एउटी युवती महिलाको यो बाढीमा (नुवाकोट वा रसुवाको) श्रीमान् हराइरहेको रहेछ। उनले मेरो श्रीमानको लास खोजिदेऊ भनेर बच्चा बोक्दै कराएको भिडियो चारैतिर फैलिएको छ। 

मलाई त्यो भिडियोको विषयमा केही भन्नु छैन, तर त्यो भिडियोमा आएका ५० प्रतिशत कमेन्टहरू घिनलाग्दा छन्। सायद ५० प्रतिशत नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिएका थिए, र त्यही ५० प्रतिशतले ती महिलाप्रति अश्लील र मनपरी कमेन्ट गरेका छन्।

एउटी पीडित महिला, जसको श्रीमान् हराएको छ, उनीप्रति यस्तो टिप्पणी देख्दा मलाई भित्रैदेखि घिन लागेको छ ।

अब कुरा गरौँ हाम्रा माननीय गृहमन्त्रीज्यूको। उहाँले केही एक्सनहरू गर्नुभयो। क्यामेरा, लाइट, एक्सन भनेजस्तै ! एउटा बच्चा बोकेर हुरुरु कुदेको सिन !

सायद बच्चा बोक्ने तालिम उहाँलाई अरूभन्दा बढी नै होला। उहाँले बच्चा बोकेर कुदिरहँदा त्यहाँ भएका सुरक्षाकर्मीहरू ताली बजाउने कि गृहमन्त्रीलाई नै बोक्ने भनेर अलमलमा परेको जस्तो देखिन्छ।

फेरि अर्को सिन— अस्पतालमा घाइतेको टाउको सुम्सुम्याएको। बडो वात्सल्यपूर्ण तरिकाले ! त्यस्तो बिरामीलाई त्यसरी छुन हुन्छ कि हुँदैन, इन्फेक्सन हुन्छ कि भन्ने कुरा त विद्वान् गृहमन्त्रीलाई थाहै होला। अर्को, अक्सिजन सिलिन्डर आफैँले बोकेर हिँडेको ! त्यहाँ भएका तालिमप्राप्त व्यक्तिहरू पछि९पछि हात बाँधेर हिँडिरहेका छन्। यो सबै स्वस्फूर्त हो कि नियोजित स्टन्ट, बुझ्न गाह्रो ।

सुन्नमा आएअनुसार २०७२ सालभन्दा अगाडि उहाँ डीजे हुनुहुन्थ्यो। भुइँचालोमा सन्तान गुमाएपछि उहाँको मन परिवर्तन भयो र समाजसेवामा लाग्नुभयो। तर, भारतीय प्रधानमन्त्री मोदीले भनेजस्तै यहाँ पनि आन्दोलनजीवीहरू छन् । काठमाडौँमा जन्ती चाहियो भने पैसामा मान्छे भाडामा पाइन्छ, त्यसैगरी आन्दोलन गर्न र नारा लगाउन पनि मान्छे पाइने जमात छ ।

नेपालको इतिहासमा भदौ २३ र २४ को ठुलो महत्त्व छ। गृहमन्त्री सुदन गुरुङ हामी नेपाल वा केही नामको ब्यानरमा पानी बाँड्न जानुभएको थियो रे। तर पानी बाँड्दाबाँड्दै उहाँलाई यति जोस चल्यो कि अबोध बालबालिकाहरूलाई संसद भवन फोड्न र आगो लगाउन प्रेरित गर्नुभयो। त्यही कारणले पहिलो गोली चलेको थियो।

उहाँ र उहाँका समर्थकहरू अबोध बालबालिकाको लासको खोजीमा थिए, ताकि त्यो लास देखाएर वितण्डा मच्चाउन सकियोस्। राष्ट्रिय मानव अधिकार आयोगको रिपोर्टमा पनि धेरै कुरा स्पष्ट छ। दोषीलाई कारबाही हुनुको साटो उहाँ आज गृहमन्त्री हुनुहुन्छ। यो मुलुकको ठुलो समस्या नै दण्डहीनता हो। जतिसुकै परिवर्तन आए पनि विधिको शासन कायम हुन सकेन ।

(विस्तृत जानकारीको लागि भिडियोमा हेर्न र सुन्न सक्नु हुनेछ)

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update