एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित यादव सरकारी गाडीसहित क्यासिनोबाट पक्राउ

 

काठमाडौं । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव क्यासिनोबाट पक्राउ गरेका छन् ।

गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको सरकारी स्कोर्पियो चढेर वीरगञ्ज १४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि नामको क्यासिनोबाट अध्यक्ष यादवलाई  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिएका छन् । यादव २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनी विजयी भएका थिए । यो उनको दोस्रो कार्यकाल हो । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि यादव विजयी भएका थिए ।

प्रहरीले यादवसँगै ८ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रमण लिइएका व्यक्तिहरुमा एक जना प्रहरी इन्स्पेक्टर पनि रहेको बताइएको छ । 

 प्रहरीले अध्यक्ष यादव र प्रहरी इन्स्पेक्टर प्रदीप पौडेलसहित ८ जना क्यासिनोबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा अध्यक्ष यादव, इन्स्पेक्टर पौडेलसहित पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव, सोही ठाउँका ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओम प्रकाश बैठा छन् ।

त्यसैगरी नेपालीहरुलाई क्यासिनोमा प्रवेश गराउने क्यासिनोका कर्मचारीहरु वीरुगञ्ज–१४ का २८ वर्षीय विजय कुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेश कुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह, वीरुगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह छन् ।

 

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update