काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ ।
बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
यसैगरी अर्थमन्त्री डा.वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरुको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव समेत आजैको बैठकमा प्रस्तुत गर्दैछिन् ।
बैठकमा राष्ट्रियसभाका पूर्व सदस्य शुक्रराज संयोकको निधनमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।




