कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।
बैठक दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको जनाएका छन् ।
बैठकका एजेण्डाहरुबारे भने जानकारी दिइएको छैन ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३ ०७:५५
प्रतिक्रिया दिनुहोस्




