देशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । 

साथै न्यून चापीय क्षेत्र बंगालको खाडीको पश्चिम–मध्य भू–भाग आसपास रहेको र उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्युन चापीय क्षेत्रका रुपमा पश्चिम–उत्तरपश्चिम दिशा तिर सर्ने देखिएको जल तथा मौसम पूर्वानमान महाशाखाले जनाएको छ । 

हाल बागमती प्रदेशका साथै देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने र तराई भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ । 

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थआनमा मध्यमसम्मको वर्षा भइरहेको जल तथा मौसम पूर्वानमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागको केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी र बागमती  प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ भने कोशी प्रदेशको धेरै स्थानमा, बागमती  र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी  प्रदेशको तराई भू–भागको केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । 

कोशी प्रदेशको थोरै स्थानमा, बागमती प्रदेशको पहाडी र तराई भु–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै कोशी  प्रदेशको पहाडी र तराई भू–भाग एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।
 

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update