अर्थमन्त्री वाग्लेले यो साताको मौसमको खतराबारे जानकारी लिए

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस साताको अनुमानित मौसमका सम्बन्धमा जानकारी लिएका छन् । 

कार्यवाहक प्रधानमन्त्री समेत रहेका अर्थमन्त्री वाग्ललेले बुधबार अर्थ मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेती र नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक डा.अर्चना श्रेष्ठसँग मौसमी अवस्थाको प्रक्षेपण र सम्भावित जोखिम न्यूनीकरणका लागि गरिएका पूर्वतयारीबारे जानकारी लिएका हुन् । 

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको सक्रियताका कारण नेपालभर उच्च सतर्कता जारी गरिएको महानिर्देशक डा.श्रेष्ठले जानकारी गराए । 

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा.उप्रेतीले जानकारी गराए । 

आइतबारदेखि मौसममा सुधार हुने अनुमान रहेको समेत सो क्रममा जानकारी गराइएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update