राष्ट्रसंघ महासभामा सहभागी हुन गएका प्रधानमन्त्री स्वदेश फर्किंदै

काठमाडौं । संयक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी भएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज स्वदेश फर्किने भएका छन् । 

गत मंगलबार अमेरिका गएका प्रधानमन्त्री शाहले ८ गते महासभालाई सम्बोधन गरेका थिए । 

महासभाका क्रममा उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित केही देशका प्रधानमन्त्री र प्रतिनिधिहरुसँग भेटवार्ता गरेका थिए । 

महासभामा उनले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्या, रसुवागढीमा एक महिनाअघि आएको भीषण बाढीबाट भएको क्षति र जलवायु न्यायका विषयमा नेपालको धाराणा राखेका थिए । 

उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो जोखिमबारे समेत विश्वको ध्यानाकर्षण गराएका थिए । 

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update