बैंकिङ कसुरमा फरार रहेका पाण्डे पक्राउ

काठमाडौं । बैंकिङ कसुरको मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

करिब २२ लाख रुपैयाँ बराबरको बिगो रहेका चितवनको भरतपुर महानगरपालिका–११ का ४० वर्षीय सन्तोष पाण्डे पक्राउ परेका हुन् । 

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको धोबिघाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

पाण्डेविरुद्ध बैंकिङ कसुरको मुद्दामा चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि चितवन पठाइएको छ । 

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update