काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत आजदेखि नेपालका गल्फ र जुडोका प्रतिस्पर्धा सुरु भएका छन् ।
आज गल्फको पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्दैछन् भने तारा कार्कीले महिला व्यक्तिगत स्ट्रोक प्लेतर्फ प्रतिस्पर्धा गर्नेछिन् ।
यसैगरी जुडोमा देवकीमाया श्रेष्ठ, निशा श्रेष्ठ, विकास विक र विशेष विकले आ–आफ्नो तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
निशाले महिला ४८ केजीमुनि, देवकीमायाले ५२ केजीमुनि, विकासले पुरुष ६० केजीमुनि र विशेषले पुरुष ६६ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्दैछन् ।
कनोइङ स्लालमको पुरुष कायक एकलमा विजय माझी र आशिष रानामगर सेमिफाइनलमा प्रवेश गरेका छन् । हिट चरणमा विजयले २०२.०६ सेकेन्ड र आशिषले २११.८६ सेकेन्डको समय निकाल्दै क्रमशः १५औं र १६औं स्थान हासिल गरेका थिए ।




