आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने, तराईमा सफा

काठमाडौं । आज देशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने तराईको मौसम मुख्यतया सफा रहनेछ । 

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ । देशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने छ भने देशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । 

कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र  पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । 

देशका तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  ०६:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update