आज मिति २०८३ साल असोज १६ गते शुक्रबार, तदनुसार अक्टोबर २ तारिख, २०२६ ।
हेर्नुहोस् आजको राशिफल :
मेष– नयाँ अवसरले कार्यशैलीमा उत्साह थप्नेछ। आर्थिक पक्ष बिस्तारै मजबुत बन्दै जानेछ। आफन्तसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ तर खानपान र स्वास्थ्यमा भने अलि संयमित रहनुहोला।
वृष– रचनात्मक काम प्रारम्भ गर्ने राम्रो समय छ र सहयोगीहरूले राम्रो साथ दिनेछन्। आत्मविश्वास बढ्नेछ। रोकिएका केही कामहरू अधुरै रहे पनि नयाँ योजनाका लागि आधार तयार हुनेछ।
मिथुन– अल्छी गर्ने बानीले बनिसकेका कामहरू बिग्रन सक्छन्, सचेत रहनुहोला। माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुन सक्छ। अनावश्यक खर्च बढ्ने योग भएकाले आर्थिक लेनदेनमा ध्यान दिनुहोला।
कर्कट– अरूको सहयोगमा जुट्नुपरे पनि अन्त्यमा आफैंलाई फाइदा मिल्नेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। रोकिएका आर्थिक कारोबार सुचारु हुनाले ठूलो राहत मिल्नेछ।
सिंह– कतै कुनै बैठक वा महत्त्वपूर्ण छलफलमा सहभागिता जनाउनुपर्ने हुन सक्छ। कार्यक्षेत्रमा तपाईंको कुराको मान राखिनेछ र निर्णयको प्रसंशा हुनेछ। समग्रमा दिन राम्रै र फलदायी रहनेछ।
कन्या– मनमा शान्ति र सन्तोष छाउनेछ। धार्मिक वा सामाजिक कार्यमा रुचि बढ्नेछ। रोकिएको धन हात लाग्ने सम्भावना छ। व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ।
तुला– स्वास्थ्यमा केही कमजोरी महसुस हुन सक्छ, त्यसैले खानपान र आराममा ध्यान दिनुहोला। सोचेका कामहरूमा केही ढिलाइ वा बाधा आउन सक्छ। हतारमा निर्णय नगर्नुहोला।
वृश्चिक– पारिवारिक सुख र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। लामो समयदेखि भेट नभएका साथीभाइसँग भेटघाट हुने अवसर मिल्नेछ। व्यावसायिक यात्राको योग छ।
धनु– प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ र शत्रुहरू परास्त हुनेछन्। पुराना रोग वा स्वास्थ्य समस्याबाट मुक्ति मिल्नेछ। रोकिएका कामहरूमा प्रगति हुनाले मन प्रसन्न रहनेछ।
मकर– बौद्धिक तथा रचनात्मक काममा रुचि बढ्नेछ। अध्ययन अध्यापनको क्षेत्रमा प्रगति हुनेछ। सन्तान वा परिवारका तर्फबाट सुखद समाचार सुन्न पाइनेछ।
कुम्भ– पारिवारिक मामिलामा केही विवाद वा असमझदारी बढ्न सक्छ। घरजग्गा वा सवारी साधनको कारोबार गर्दा सावधानी अपनाउनुहोला। मनमा केही चञ्चलता रहन सक्छ।
मीन– पराक्रम र उत्साह बढ्नेछ। दाजुभाइ तथा दिदीबहिनीबाट राम्रो सहयोग मिल्नेछ। छोटो दुरीको लाभदायक यात्रा हुन सक्छ र सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ।


