काठमाडाैं । आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण देशभर आंशिक बादल लाग्नुका साथै बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा तथा देशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ।
कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा मध्यमसम्मको तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वमानुमान महाशाखाले जनाएको छ ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ।
देशका तराई भू-भागमा आंशिक बादल रही बिहानपख हुस्सु लाग्नेछ भने कोशी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा तथा बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।


