काठमाडाैं । यस वर्षको मनसुन सुदूरपश्चि, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशबाट बाहिरिएको छ ।
मनसुनी वायुको प्रभाव कमजोर हुँदै गएकाले अरू प्रदेशबाट पनि अब मनसुन विस्तारै बाहिरिने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशको सबै भू -भाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा बाँकी भू-भागमा आंशिक बादल लागेको छ ।
गण्डकी प्रदेशको थोरै तथा कोशी प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमामा आंशिक बादल लाग्नेछ।
देशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशका पहाडी र तराई भू-भागमा तथा कोशी र बागमती प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ।
तराई भू-भागमा बिहानपख हुस्सु पनि लाग्नेछ । मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मध्यम सम्मको, कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भाग र मधेश प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।


