बागमती र गण्डकीका पहाडी र तराईका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ ।

बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको सबै भू–भागमा तथा कोशी र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लागेको छ । 

गण्डकी र लुम्बिनी प्रदेशको केही ठाँउ तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई ठाँउमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा भईरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भ–भागमा साधारणतया बादल लाग्नेछ भने  कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको तराई भू–भागमा साधारणतया बादल तथा बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ । 

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग र असिनासहित हल्का वर्षा/हिमपातको सम्भावना छ । 

मधेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागको थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति पनि कोशी प्रदेशका सबै भू–भाग तथा देशको बाँकी हिमाली र पहाडी भू–भाग साधारणतया बादल लाग्ने छ । 

देशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी र कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना छ । मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू–भागमा थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई  भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले विशेषगरी कृषि कार्यमा संलग्न सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिई आवश्यक तयारी तथा योजना बनाउन महाशाखाले अनुरोध गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  ०७:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update