कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन

काठमाडौं । नेपाली काँग्रेसको १५औं महाधिवेशनअन्तर्गत आज नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ । 
मतदान बिहान १० बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । 

यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम सार्वजनिक गरिए पनि प्राविधिक तयारी पूरा नभएका कारण बिहान १० बजेदेखि मात्रै मतदान सुरु गर्न लागिएको निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए । 

महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि देशभरबाट निर्वाचित भएर आएका ७ हजार २५५ जना प्रतिनिधिले मतदान गर्नेछन् । 
निर्वाचनका लागि काठमाडौंका तीन स्थान राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा सात मतदान केन्द्र तोकिएको छ । 

प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको समितिले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  ०८:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update