काठमाडौं । बलिउडका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा गोवामा निधन भएको छ । उनका छोरा मल्हार पाटेकरले बाबु नाना पाटेकरको निधन भएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।
उनको आज बिहान ५ बजेर २० मिनेटमा उनको निधन भएको बताइएको छ । उनलाई बचाउन ४५ मिनेटसम्म लगातार सीपीआर दिइए पनि सफल हुन सकेन ।
हिन्दी र मराठी फिल्मका चर्चित अभिनेतामध्ये एक उनको जन्म १ जनवरी, १९५१ मा महाराष्ट्रको मुरुड–जञ्जिरामा भएको थियो ।
उनी अभिनेतासँगै फिल्म निर्माता, निर्देशक तथा लेखक समेत थिए । नाना पाटेकरले सन् १९७८ मा आएको फिल्म ‘गमन’ बाट हिन्दी सिनेमामा पाइला राखेका थिए ।
सन् १९८९ को फिल्म ‘परिन्दा’ मा नाना पाटेकरले अन्नाको भूमिका निभाएका थिए । जसका लागि उनले बेस्ट सपोर्टिङ एक्टरको नेशनल अवार्ड समेत जितेका थिए ।
सन् १९९४ को क्रान्तिवीरका लागि उनले बेस्ट एक्टरको नेशनल अवार्ड जिते । यो बाहेक दर्जनौं उत्कृष्ट फिल्ममा उनले भूमिका निभाउँदै दर्जनौं अवार्ड र सम्मान पाएका छन् ।


