सरकारले यो वर्ष किसानसँग ६७ करोडको धान किन्ने, दशैंपछि प्रक्रिया सुरु हुने

 

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षमा करिब ६७ करोड रुपैयाँको धान खरिद गर्ने भएको छ ।

मन्त्रालयले वैज्ञानिक ढंगबाट निर्धारण गरेको धानको न्यूनतम सर्मथन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँ रकम बराबरको धान खरिद गर्ने भएको हो । 

धानको न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने योजना बनाएको छ । धान खरिद गर्ने निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत पर्ने भएकाले कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले समन्वय गरेर सो धान खरिद पक्रिया अधि बढाउन आग्रह गरेकी छन् ।

आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मोटा धानको प्रतिक्वीन्टल ३ हजार ६६० र मध्यम धानको प्रतिक्वीन्टल ३ हजार ८६० रुपैयाँ तोकिएको छ । यो मूल्य कार्यान्वयनका लागि मन्त्री चौधरीले सम्बन्धित निकायसँग समन्वय गरिरहेको उनको सचिवालयले जानकारी दिएको छ ।

धान खरिद प्रक्रिया दसैँ र तिहारको बीचमा सुरु गर्ने उद्योग मन्त्रालयको योजना छ । धान खदिका लागि मन्त्री चौधरी नियमित समन्वय गरिरहेकी उनको सचिवालयलेको भनाइ छ ।

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया अघि बढाउँदा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्यसम्बन्धी अनिश्चितता कम हुने मन्त्री चौधरीको अपेक्षा छ ।

 

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update