काठमाडौँ । सुनसरीको हरिनगर गाउँपालिकाले रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामनारायण साहले दिएको जानकारी अनुसार गत भदौ १० गतेको घटनामा सो गाउँपालिकामा स्थायी बासोबास गरेका व्यक्तिहरु बेपत्ता भए सोको जानकारी दिन भनिएको हो ।
उनका अनुसार हरिनगर गाउँपालिका क्षेत्रमा स्थायी बसोबास गरी विभिन्न कारणले भोटेकोशी आसपासका क्षेत्रमा बसोबास गर्ने, पेसा–व्यवसाय गर्ने वा अन्य कारणले बाढी आएको समयमा उक्त क्षेत्रमा रहेका र हालसम्म बेपत्ता रहेका व्यक्तिहरूको विवरण यकिन गरिनेछ।
गाउँपालिकाले सम्बन्धित व्यक्तिका परिवार, आफन्त तथा घटनाबारे जानकारी भएका सबैलाई आफ्नो विवरणसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिन आग्रह गरेको छ।



