आज देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं । आज देशभरको तापक्रम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भू–भागमा साथै  कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोशी र गण्डकी प्रदेशको  हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यसैगरी भरे राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबै भू–भागमा आंशिक बादल लाग्नेछ । देशको बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु÷कुहिरो लाग्नेछ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १८, २०८३  ०६:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update