भारतका विदेश सचिव आज नेपाल आउँदै

काठमाडौं । दुई दिने औपचारिक भ्रमणका लागि भारतका विदेश सचिव विक्रम मिश्री आज काठमाडौं आइपुग्दैछन् । 

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका लागि विदेश सचिव मिश्रीले नेपाल भ्रमण गर्न लागेका हुन् । 

भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव अमृतकुमार राई र भारतीय विदेश सचिव मिश्रीबीच द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान हुने मन्त्रालयले उल्लेख गरेको छ । 

नेपाल र भारतबीच लामो समयदेखि रहेको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि सो अवसरमा छलफल हुनेछ ।

भ्रमणका क्रममा मिश्रीले नेपालका उच्चस्तरीय पदाधिकारीहरूसँग शिष्टाचार भेटघाटसमेत गर्ने कार्यक्रम छ ।
विदेश सचिव मिश्री दुई दिने भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किनेछन् । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १८, २०८३  ०६:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update