एजेन्सी। अमेरिकामा भएको मिडटर्म निर्वाचनमा मतदान सम्पन्न भएसँगै मतगणना सुरु भएको छ । मतगणनाको सुरुवाती चरणमा पाँच राज्यमा डेमोक्रेटिक पार्टीको भारी अग्रताको अनुमान गरिएको छ ।
डेमोक्रेटिक पार्टीका जोन ओसाफ जर्जियाको महत्वपूर्ण सिनेट सिटमा जिततर्फ अघि बढेका छन् । मिडटर्म निर्वाचनको सुरुवाती ठूलो नतिजामध्ये यो एउटा महत्वपूर्ण नतिजा मानिएको छ ।
सुरुवाती अनुमान अनुसार जर्जियामा डेमोक्रेटिक पार्टीका उम्मेदवारले ६५ प्रतिशतभन्दा बढी मत पाउने अनुमान गरिएको छ । सबैको नजर अब नर्थ क्यारोलिना, साउथ क्यारोलिना र ओहायोको सिनेट सिटमा रहेको छ । जहाँ केही समयअघि मतदान सकिएको छ ।
अबका केही घन्टामै अमेरिकाका २० भन्दा बढी राज्यमा मतदान सम्पन्न हुनेछ । उत्तरी अमरिकामा गरिएको एक सर्वेक्षणमा मतदाताले देशको अर्थव्यवस्थाबाट खुसी नभएको प्रतिक्रिया दिएका छन् ।
यसले मतपरिणाम डेमोक्रेटतिर फर्किने सम्भावना देखाएको छ । हाउस अफ रिप्रेजेन्टेटिभ्सका सबै ४३५ सिट, सिनेटका १ सय मध्ये ३५ सिट र राज्य स्तरका केही पदका लागि ३ नोभेम्बरमा निर्वाचन भएको हो ।
यसमा केही गभर्नरको पद समेत रहेको छ । डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीसँग हाल संसदका दुवै सदनमा बहुमत रहेको छ ।



