गुण्डु पुगेर गगनले केपी ओलीसँग के कुरा गरे ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । सभापति थापा ओलीलाई भेट्न उनकै निवास गुण्डु पुगेका थिए । 

मंगलबार साँझ गुण्डुस्थित ओली निवासमा थापा र ओलीबीच करिब १ घन्टा कुराकानी भएको थियो । भेटमा मधेश सरकारबारे कुराकानी भएको सभापति थापानिकट स्रोतको दाबी छ ।

योसँगै थापा र ओलीबीच पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । 

थापा पछिल्ला केही दिनदेखि सरकारप्रति निकै आक्रामक छन् । ओली सुरुदेखि नै सरकारसँग आक्रामक थिए ।

दुई मुख्य कम्युनिस्ट पार्टीहरु नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी सरकारका गतिविधिविरुद्ध सडक आन्दोलनको पक्षमा छन् । 

यही बेला काँग्रेस सभापति थापाले गुण्डुमै पुगेर गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १८, २०८३  ०७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update