भूमिहीनका बस्तीमा मन्त्री रावलको अन्तरक्रिया

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाका भूमिहीन नागरिकका बस्तीमै पुगेर प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेकी छन् । 

भेटघाटका क्रममा मन्त्री रावलले भूमिहीन नागरिकका समस्या, गुनासा तथा अपेक्षाहरू सुन्नुका साथै समस्या समाधानका लागि भइरहेका प्रयास र आगामी कार्ययोजनाबारे जानकारी गराएकी छन् । 

सो क्रममा उनले भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रियालाई तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । 

उनले झापा भ्रमणका क्रममा नागरिकसँग प्रत्यक्ष संवादमार्फत समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिइन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक १८, २०८३  ०८:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update