काँग्रेस महामन्त्री संग्रौलाले भनिन्– इनम सापकोटा प्रकरणले सत्ताको दुरुपयोग छर्लङ्ग भयो

काठमाडौं । नेपाली काँग्रेसकी महामन्त्री डा.डिला संग्रौलाले इनम सापकोटा प्रकरणले सत्ताको दुरूपयोग कसरी भइरहेको छ भन्ने कुरा घामजस्तै छर्लङ्ग भएको टिप्पणी गरेकी छन् । 

उनले सामाजिक सञ्जालमा लेख्दै देशमा सुशासन नभई छाडातन्त्र हाबी भएको टिप्पणी गरेकी छन् । 

उनले लेखेकी छन्, ‘देशमा प्रधानमन्त्री बालेन शाह छन् कि को छन् भन्ने कुरा आम मान्छेले भेउ पनि पाउन छाडेपछि देशमा सुशासन होइन छाडातन्त्र हावी भएका उदाहरणहरु देखिन थालेका छन् ।’

उनले लोकतन्त्रको पहरेदार नेपाली कांग्रेसमाथि सत्ताको दुरुपयोग गरेर आक्रमण गर्न खोजिएको आरोप लगाउँदै सत्ताले गरेका गल्तीहरुको मुकुन्डो उघारिँदा लाज पनि लजाउने पक्का रहेको टिप्पणी गरेकी छन् । 

प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोनलाई फरेन्सिक परीक्षण गर्नुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको कुरा समेत मिडियाबाट सार्वजनिक भइसकेकाले अब जनतालाई जवाफ दिनुपर्ने उनको भनाई छ । 

उनको प्रश्न छ, ‘अब जवाफ दिनु पर्ने पालो सत्ता र सत्तारुढ दलको हो । कि बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ ?’

प्रकाशित मिति: बुधबार, कात्तिक १८, २०८३  ०८:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update