आज देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागे पनि मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।
जसका कारण मधेश, कोशी र बागमती प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेको छ भने बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
यसैगरी भरे राति पनि कोशी,बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्ने र देशका बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।
गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु÷कुहिरो लाग्नेछ ।



