काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ ।
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा आधारमा सरकारले सुवेदीलाई नियुक्त गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ ।
उनलाई बुधबार नै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नियुक्ति पत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३ ०७:३३
प्रतिक्रिया दिनुहोस्



