काठमाडौं । नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्ने भएका छन् ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीका सिलसिलामा मिश्री बुधबार काठमाडौं आएका हुन् । प्रधानमन्त्रीसँगको भेटवार्तापछि उनी आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम छ ।
मिश्री केही महिनाअघि नै नेपाल भ्रमणमा आउने तयारीमा रहे पनि प्रधानमन्त्री शाहले भेट नदिने चर्चाबीच भ्रमण स्थगित भएको थियो ।
उनले बुधबार अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।



