काठमाडाैं। हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।



