काठमाडौं । सुनसरीको इटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोल पम्प नजिक गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिएको हो ।
कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४ ००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई गएराति पौने १२ बजे ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि कोशी अस्पताल विराटनगर लगिए पनि दुवैजनालाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
मृत्यु भएका दुवै जनाको पहिचान खुल्न सकेको छैन ।



