काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायामाझी आज थुनामुक्त हुने भएका छन् ।
उनी ३ वर्ष ६ महिना जेल सजाय कटाएर आज थुनामुक्त हुन लागेका हुन् ।
एमालेका तत्कालीन सचिव समेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएपछि जेल चलान भएका थिए ।
रायमाझीलाई काठमाडौं जिल्ला अदालतले ठगीमा दुई वर्ष कैद र २० हजार जरिमाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार जरिमाना, राज्यविरूद्धको कसुरमा एक वर्ष ६ महिना कैद र १५ हजार जरिमाना र एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार जरिमाना ठहर गरेको थियो ।
तर, ६५ वर्षीय रायमाझीले उमेरहदका कारण आज सो सजायमा छुट पाएर थुनामुक्त हुन लागेका हुन् । रायमाझी डिल्लीबजार कारागारमा छन् ।



