मोटरसाइकल र स्कुटर ठोक्किदा १ जनाको मृत्यु, ५ जना घाइते

धनगढी । कैलालीको धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किदा १ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । 

धनगढी उपमहानगरपालिका–१५ मा धनगढीबाट फूलबारीतर्फ गइरहेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको स्कुटर ठोक्किँदा दुर्घटना भएको हो । 

सो दुर्घटनामा स्कुटरचालक धनगढी उपमहानगरपालिका–५ तारानगरकी ३५ वर्षीया सुशीला बमको मृत्यु भएको छ । 

बुधबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएकी बमको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

दुर्घटनामा मोटरसाइकल चालक धनगढी–१४ का २६ वर्षीय प्रवीण चौधरी, उनकी २२ वर्षीया श्रीमती अञ्जली चौधरी र सात वर्षीया छोरी ममता चौधरी घाइते भएका छन् । 

यस्तै स्कुटरमा सवार धनगढी–५ तारानगरका २४ वर्षीय सरोज मल्ल र २२ वर्षीया बविता मल्लको पनि घाइते अवस्थामा उपचार भइरहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  ०८:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update