विश्वासको मत नपाउने भएपछि राजीनामाको तयारीमा मुख्यमन्त्री यादव

काठमाडौं । प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा रहेका मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिने भएका छन् । 

प्रदेशसभाबाट विश्वासको मत पाउने सम्भावना कमजोर बनेपछि यादव राजीनामा दिने निर्णयमा पुगेका हुन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूले उनलाई समर्थन नगर्ने संकेत गरेका छन् । 

उनले प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ । 

मुख्यमन्त्री यादवले निरन्तरता प्रदेशसभाका ५४ सांसदको समर्थन चाहिन्छ । तर, उनको दल नेपाली कांग्रेससँग २२ जना मात्रै सांसद छन् । 

सोही कारण अब सरकार जोगाउन उनलाई काँग्रेस बाहके कम्तीमा अरु दुई ठूला दलको समर्थन आवश्यक हुन्छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३  १३:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update