काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणका अन्तिम दुई खेल हुँदैछन् ।
दिउँसो साढे १२ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । यसैगरी बेलुका ५ बजे काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।
चितवन र काठमान्डु प्लेअफमा पुगिसकेका छन् भने कर्णाली र पोखरा प्रतियोगिताबाट बाहिरिइसकेका कारण आजको खेल उनीहरुका लागि प्रतिष्ठाको लडाई मात्रै हुनेछ ।
चितवन राइनोज प्लेअफमा पुगिसकेका कारण आजको खेलले धेरै ठूलो प्रभाव पार्नेछैन । यद्यपि आजको खेल जित्न सकेमा उसले अंक तालिकामा तेस्रो स्थान हासिल गर्नेछ । कर्णाली पनि चितवनविरुद्ध जितसहित प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ ।
आज हुने दोस्रो खेलमा काठमान्डु र पोखरा भिड्दैछन् । पोखरा प्रतियोगिताबाट बाहिरिइसकेका कारण उसका लागि प्रतिष्ठाको लडाई भए पनि काठमान्डु भने आजको खेलमा जित हात पारेर क्वालिफायर खेल्ने योजनामा छ ।
काठमान्डु ८ अंकसहित तालिकामा तेस्रो स्थानमा छ । उसले आजको खेल जित्न सके र रनरेटमा सुधार भए १० अंकसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सलाई जितेर अन्तिम दुईमा रहँदै पहिलो क्वालिफायर खेल पाउनेछ । जुन खेलमा पराजित भए पनि उनले फाइनलमा पुग्न दोस्रो मौका पाउने छ ।



