काठमाडौं । आज देशका हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेका कारण हाल कर्णाली प्रदेश लगायत बाँकी हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी भू–भागमा आंशिक बादल लागेको छ ।
तराई भू–भागका केही स्थानमा तुवाँलो लागेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतयता सफा रहेको महाशाखाले उल्लेख गरेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।
कोशी प्रदेशको हिमाली र पहाडी भू–भाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । कोशी तथा गण्डकी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।



