आज मिति २०८३ साल मंसिर २ गते बुधबार, तदनुसार १८ नाेभेम्बर, २०२६ । कार्तिक शुक्लपक्ष नवमी तिथि। हेर्नुहोस् आजको राशिफल
मेष– संगीत वा कलाको क्षेत्रमा सफलता मिल्नेछ भने व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। परिस्थितिसँग सम्झौता गरेर अगाडि बढ्दा स्वास्थ्य अनुकूल रहनेछ।
वृष– व्यापार व्यवसायभन्दा सेवामूलक कार्यमा सफलता मिल्नेछ र पिताको सहयोगले बिग्रिएको काम बन्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ।
मिथुन– साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नुका साथै सहयोगीहरूले राम्रो साथ दिनेछन्। धर्मकर्म तथा सांस्कृतिक कार्यमा सहभागी भइनेछ र आध्यात्मिक ज्ञान बढ्नेछ।
कर्कट– व्यापार व्यवसायमा नयाँ निर्णय लिन उपयुक्त समयको प्रतीक्षा गर्नु राम्रो हुनेछ। विदेशबाट शुभ सूचना मिल्नेछ र प्रेम सम्बन्ध सुमधुर रहनेछ।
सिंह– जीवनसाथीसँग मनोरञ्जनात्मक समय बित्नेछ र अध्ययन अध्यापनमा सफलता पाइनेछ। सानो खर्चले पनि ठूलो लाभ लिन सकिने समय छ।
कन्या– प्रतिस्पर्धामा सफलता मिल्नुका साथै नयाँ नोकरीको अवसर प्राप्त हुन सक्छ। कलात्मक क्षेत्रमा सफलता मिल्नेछ र आफ्नो योग्यताले अरूलाई प्रभावित पार्न सकिनेछ।
तुला– नयाँ सोच र योजनाले मन उत्साहित बनाउनेछ र साथीभाइबाट सहयोग मिल्नेछ। काममा हतार नगरी धैर्यतापूर्वक व्यावहारिक निर्णय लिनु फाइदाजनक हुनेछ।
वृश्चिक– कामकाजमा जिम्मेवारी बढ्न सक्छ तर मेहनतको कदर हुने दिन छ। आर्थिक पक्ष क्रमशः बलियो बन्दै जानेछ भने घरपरिवारसँग सन्तुलन राख्नु राम्रो हुन्छ।
धनु– नयाँ व्यक्तिहरूसँगको संवाद र भेटघाट सफल रहनेछ तथा नयाँ अवसर प्राप्त हुन सक्छ। यात्रा वा छोटो भ्रमण फलदायी हुनेछ र मन खुसी रहनेछ।
मकर– भावनामा अलि उतारचढाव आउन सक्ने भएकाले गोप्य कुरामा सतर्क रहनु राम्रो हुनेछ। आर्थिक लेनदेन सोचविचार गरेर गर्नुहोस् र आत्मविश्वास बढाउन ध्यान गर्नुहोस्।
कुम्भ– दाम्पत्य वा साझेदारीमा सकारात्मकता देखिनेछ र सहकार्यबाट सफलता मिल्नेछ। अहंकारभन्दा समझदारी उपयोगी हुनेछ भने प्रशंसा र समर्थन पाइनेछ।
मीन– दैनिक काम र स्वास्थ्यमा विशेष ध्यान दिनुहोस् किनकि अनुशासनले राम्रो परिणाम दिन्छ। सानो मेहनतले ठूलो सन्तुष्टि मिल्नेछ र कार्यस्थलमा अरूको विश्वास बढ्नेछ।



