काठमाडाैं। आज देशका केही क्षेत्रमा बादल लागे पनि अधिकांश क्षेत्रको माैसम सफा रहनेछ ।
जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जसका कारण कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भु-भागमा साधारणतया बादल लागेको छ ।
लुम्बिनी प्रदेशको पहाडी भु-भागमा आंशिक बादल लागेको छ । तराई भू-भागका केही स्थानमा तुवाँलो लागेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
राति पनि कोशी, मधेश र लुम्बिनी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ।
तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।



