कोस्टारिकाको पोस्टमा अर्जेन्टिनाको गोल वर्षा

काठमाडौं । अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोस्टारिकामाथि गोल वर्षा गरेको छ । नियमित कप्तान लियोनल मेस्सीको सन्न्यासपछि अर्जेन्टिनाले पहिलो जित हासिल गर्ने क्रममा कोस्टारिकालाई ७–० ले हराएको हो । 

अर्जेन्टिनाको जितमा निको पाज, जुलियन अल्भारेज र फ्रान्को मास्टान्टुओनोले २–२ गोल गरे भने एलेक्सिस म्याक एलिस्टरले एक गोल थपे । 

खेलको आठौं मिनेटमा नै निको पाजले गोल गर्दै अग्रता दिलाएका थिए भने उनले ३९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । 

अल्भारेजले पहिलो हाफकै ३५औं र ४३औं मिनेटमा गोल गरेपछि पहिलो हाफमै अर्जेन्टिनाले ४–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफको सुरुमै मैदान प्रवेश गरेका मास्टान्टुओनोले ४८औं र ८९औं मिनेटमा गोल गरे भने म्याक एलिस्टरले ७८औं मिनेटमा गोल गरे । 

यसअघि १४ नोभेम्बरमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना उरुग्वेसँग २–१ ले पराजित भएको थियो ।  

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  ०७:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update