एनपीएलको इलिमिनेटरमा काठमान्डु र चितवन भिड्दै, विजेताले सुदूरपश्चिमसँग खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा आज काठमान्डु गुर्खाज र चितवन राइनोज प्रतिस्पर्धा गर्दैछन् । 
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा साँझ ५ बजे हुने खेलको विजेता टोलीले दोस्रो क्वालिफायर खेल्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ । 

काठमान्डु अंक तालिकामा तेस्रो तथा चितवन चौथो भएर इलिमिनेटरका लागि छानिएका हुन् । 

यो खेलको विजेताले फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएको हो । साबिक विजेता लुम्बिनी भने फाइनलमा पुगेको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  ०८:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update