काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

काठमाडौँ । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै श्रेष्ठले आगामी निर्वाचनमा काठमाडौँको नेतृत्वका लागि चुनावी मैदानमा उत्रने स्पष्ट पारेकी हुन् ।

आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले लेखेकी छन्, 'आगामी स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।'

यसैगरी, उनले आफ्नो जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञतालाई अब काठमाडौँको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन् । सङ्घीय राजनीति र मन्त्रालयको नेतृत्व गरिसकेकी श्रेष्ठको काठमाडौँ महानगरको मेयरमा उठ्ने घोषणालाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  १२:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update