काठमाडौं । आज देशभरको मौसम सामान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।
यद्यपि देशको हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने तराई भू–भाग, उपत्यका तथा खोंचहरूका धेरै स्थानमा तुवाँलो/हुस्सु लागेको छ ।
आज दिउँसो कोशी र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
आज राति पनि कोशी र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३ ०७:०५
प्रतिक्रिया दिनुहोस्



