काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी एक जना महिलाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते रहेका छन् ।
दुर्घटनामा परी घटनास्थलमै मृत्यु हुनेमा रुबीभ्याली गाउँपालिका–४ की अन्दाजी ६६ वर्षीया छेनेन तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।
गएराति करिब २ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब ४ मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३ ०७:११
प्रतिक्रिया दिनुहोस्



