आजको राशिफल : मिथुनको आम्दानीका स्रोत भेटिने,  तुलाको व्यापारमा लाभ

आज मिति २०८३ साल मंसिर ६ गते आइतबार, तदनुसार २२ नाेभेम्बर, सन् २०२६ । आज कात्तिक शुक्लपक्ष त्रयाेदशी थिति । हेर्नुहोस् आजको राशिफल

मेष– रमाइलो जमघटमा सहभागी हुने र विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने अवसर जुट्नेछ। आफ्नो विचारले काममा नयाँ मोड ल्याए पनि खर्च बढ्न नदिन सचेत रहनुहोला।

वृष– कार्यालयमा कामको जिम्मेवारी बाँडफाँट हुन सक्छ र घरको वातावरण रमाइलो रहनेछ। दिगो योजनाका लागि लगानी बढाउने समय भए पनि खानपान र पेटको स्वास्थ्यमा ध्यान दिनुहोला। 

मिथुन– नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् र व्यापार तथा साझेदारीमा मनग्य लाभ हुनेछ। टाढाको यात्रा वा नयाँ रोजगारीको पहल गर्न आजको दिन निकै लाभदायक देखिन्छ। 

कर्कट– प्रतिष्ठित काम गर्ने र पदीय जिम्मेवारी पाउने सम्भावना छ। आर्थिक विषयमा पुरानो अनुभव काम लाग्नेछ भने सामाजिक काममा सहभागिता बढ्नेछ। 

सिंह– प्रतीक्षा गरिएको काम छिटै सम्पादन हुनेछ र व्यवसायमा नयाँ ग्राहकसँग सम्बन्ध जोडिनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिए पनि रिसमा बोलेका शब्दबाट विवाद नबढाउनुहोला।

कन्या– अधुरा कागजी काम टुंग्याउन र आम्दानीका नयाँ उपायबारे सोच्न समय मिल्नेछ। यद्यपि, गोप्य सूचना बाहिरिनाले काम रोकिन सक्ने र स्वास्थ्यमा कमजोरी देखिन सक्ने भएकाले आहारविहारमा ध्यान दिनुहोला। 

तुला– व्यापारमा लाभ मिल्नुका साथै रमाइलो यात्रा र आतिथ्यपूर्ण सम्मान प्राप्त हुने योग छ। सहकर्मीसँग मिलेर गरेको कामले राम्रो परिणाम दिनेछ र परिवारमा आपसी समझदारी कायम रहनेछ।

वृश्चिक– स्रोतसाधन जुट्नाले रोकिएका काम बन्नेछन् र प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। पुरानो परिचयबाट उपयोगी खबर मिल्नुका साथै व्यापारको हिसाबकिताब मिलाउन सहज हुनेछ। 

धनु– नयाँ ठाउँमा घुम्ने योजना बन्न सक्छ र आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ। समयतालिका नमिल्दा काममा केही चुनौती र यात्रामा खर्च बढ्न सक्ने भएकाले आवश्यक कागजात सुरक्षित राख्नुहोला। 

मकर– आर्थिक अनुशासन कायम राख्दा लाभ हुनेछ र घरका सदस्यसँग भविष्यको विषयमा छलफल हुनेछ। निर्णायक मोडमा हतार नगरी समयतालिका बनाएर काम गर्दा लक्ष्य हासिल गर्न सकिनेछ।

कुम्भ– हिम्मत र लगनशीलताले छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ। उद्योग र व्यापारमा फाइदा हुनुका साथै साथीभाइको सहयोगले समस्या समाधान हुनेछ।

मीन– बोलीको प्रभाव बढ्नेछ र मनमा शान्ति तथा सन्तोष रहनेछ। कला वा लेखनमा रुचि बढ्नुका साथै सम्पादित कामबाट धन लाभ र मान-सम्मान प्राप्त हुनेछ।

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update