काठमाडौँ । सहकारी संस्थाहरुले बचत खाइदिएका बचतकर्ताहरुले समस्या समाधानको विकल्प सरकारलाई सुझाएका छन् । एकातिर सहकारी संस्थाहरुले रकम हिनामिना गरेको र प्रशासनिक तथा अदालती आदेश आउँदा पनि सहकारी ठगले आफूहरुलाई रकम फिर्ता नगरेपछि पीडितले समस्या समाधानको विकल्प सरकारलाई दिएका हुन् ।
विशेष गरेर इच्छाराज तामाङले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीमा गरेको रकम हिनामिनाबाट पीडित भएकाहरुले सरकारलाई विकल्प सुझाएका हुन् । उनीहरुले सहकारी मन्त्री प्रतिभा रावलदेखि सरकारका अन्य उच्च पदस्थ अधिकारीहरुलाई भेटेर लिखित रुपमा समस्या समाधानको विकल्प सुझाएका छन् ।
उनीहरुले पेश गरेको विकल्पमा सरकारले रकम दिने, समस्याग्रस्त सहकारीलाई बैंक तथा वित्तीय संस्थामा मर्ज गराएर रकम फिर्ताको विकल्पमा जाने, सहकारीको सम्पत्ति लिलामीमा प्रभावकारी कदम चाल्ने लगायत छन् ।
यस्ता छन् उनीहरुले अघि सारेका विकल्पहरुः
सरकारले जनताबाट पैसा उठाएर आर्थिक कारोबार गर्न अनुमति दिने अनि आफ्नो अनुगमनको दायित्व पुरा नगर्नुले नै नेपालमा सहकारी ठगहरुले नेता र राजनीतिको आडामा जनताको धन कुम्ल्याऊने ताण्डव नृत्य रचेका हुन र रचिरहेका छन् । जबसम्म हालको नयाँ सरकारले ठाडो हस्तछेप गर्दैन, यो ठगी निरन्तर चलिरहन्छ र ठगहरुले उन्मुक्ति पाइरहन्छन् ।
कुनैकुनै सहकारीको केसमा त अदालतले दोषी ठहर गरेर बचतकर्ताको पैसा फिर्ता गर्न आदेस दिए पनि अटेर गरेर संचालकहरु जेलमै बसिरहेका छन् । सरकारले केही गर्न सकेको अवस्था छैन।
विशेष अदालतले सम्पति सुदृढीकरण गरेको हो र सो रकम बचत कर्ताको हो भनि ूप्रेस विज्ञप्तिू निकाल्दा पनि राज्यले बचत फिर्ता दिलाऊन सकेको छैन ।
सरकारले केहि गर्न नसकेको हो कि नचाहेकाो हो बचतकर्ताहरुले बुझ्न सकेका छैनन् ।
पुरानो सरकारले बचत कर्ता को रकम फिर्ता गर्नै चाहेन र थरिथरिका न्यायधिकरण, प्राधिकरण, असुलिकरण, योजना, आयोजना बनाएर समस्या मै रुमलिरह्यो, समस्या मै अल्झिरह्यो, बल्झिरह्यो र समस्या लम्बाइ रहने नीति लिएको जस्तो देखियो । ।समस्या समाधान गर्न नचाहाएर हो कि नजानेर हो भन्ने प्रष्ट भएन ।
बचत कर्ताले सहकारीबाट आफ्नो बचत फिर्ता नपाएर सडकबाट सरकार समक्ष माग राखेर विभिन्न पार्टी का ७ वटा सहकारी मन्त्रीसँग भेटे पनि कसैले समाधानको बाटो पैल्याउन सकेनन्।
७ वटा समस्य ग्रस्त सहकारीको समुहबाट सुरु भएको ूसहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान, महासंघमाू आज ४ बर्ष बित्दा, झन्डै ६१८ सहकारी आवद्ध हुदा पनि पैसा फिर्ताको लागि निरन्तर संघर्ष गरिरहेका छन्।
जेनजी आन्दोलन पछिको नयाँ सरकार र नयाँ सहकारी मन्त्रालय र मन्त्रीको समस्या समाधान तर्फको कार्य चाहि सह्राहनीय छ तर अधुरो देखिन्छ।
अब गर्ने के त ?
नेपालमा भईराखेको सहकारी ठगीको बारे आइसिए (इन्टरनेसनल कोअपरेटिभ एलाइन्स) ब्रसेल्स पूर्ण जानकार भएको र एफएटिएफ फ्रान्सले नेपाललाई लगातार दोस्रो पटक पनि ग्रे लिस्टबाट नहटाऊनुमा सहकारी ठगीसँग जोडिएको सम्पति शुद्धीकरण पनि एऊटा कारण हो ।
तत्कालीन बाटो
१. सरकारले संघीय, प्रदेश र स्थानीय तीनै वटामा समस्याग्रस्त भएका सहकारीको जिम्मा लिने र माग दाबी अनुसारको साँवा र हालसम्मको ब्याज सरकारी स्रोतबाट बैंक खातामा दाखिला गरिदिने।
सभंव भए सोही अनुरुप गर्ने र अगाडी लेखिएका सुझावहरु पढिरहन आवश्यक परेन ।
२. सम्भब नभए देशमा सत्य तथ्य कुरा ९देशको आर्थिक स्थिति खस्किदा बजार चलाएमान हुन अप्ठ्यारो पर्यो भनेर अन्तरास्ट्रिय आर्थिक संस्था सफ्ट ऋण माग गर्ने र १० बर्षभित्र ब्याज सहित सहकारीको सम्पत्ति लिलामी गरेर फर्काउदै जाने।
यो सुझाव सम्भव भए यस अगाडिको सुझाव पढिरहन आवश्यक परेन।
३ यो पनि पनि सम्भब नभए देश भित्र बिग्रेको आर्थिक अवस्था देशभित्रैबाट सल्टाउने ।
(क) देशभित्रका संघीय, प्रदेश र स्थानीय तहमा समस्याग्रस्त भएका सहकारीका मागदावी, सांवा र ब्याज जोडेर दावी रकम यकिन गर्ने।
(ख) ४–५ वटा समस्याग्रस्त सहकारीको रु २०–२५ अर्ब मागदाबी रकम अनुपातको समुह बनाई वाणिज्य वा बिकास बैंकमा बचतकर्ता सहित गाभ्ने र बचतकर्तालाई गाभिएको बैंकमा खाता खोल्न लगाऊने र नामाकरण 'सहकारी खाता' भनिने।
नयाँ सरकारले बचतकर्ताको रकम फिर्ता गर्न सुनिस्चित गरेको र साना ठूला भनि भेदभाव नगरे राम्रो सन्देश दिन्छ।
(ग) बचतकर्ताको व्यक्तिगत खातामा ९ प्रमाणित मागदाबी रकम, साँवा र पैसा फिर्ता नपाएकको दिन देखि १० प्रतिशतले हुन आउने ब्याज जोडेर खातामा रातो अंकमा देखाइदिने।
(घ) सरकारले बिउ रकम कम्तीमा पनि २० प्रतिशत सम्बन्धित बैंकमा पठाई बचतकर्ताको खातामा दामासाहिले जम्मा गरेर सो रकम कालो अंकले जनाऊने र रातो अंकले लेखेको टोटलबाट घटाइदिने ।
सरकारबाट लिइएको बिउ पुँजी सहकारीको सम्पत्ति लिलामी पस्चात सरकारलाई ब्याज जोडेर फर्काउने।
(ङ) कालोले लेखेको रकम मात्र बचतकर्ताले चलाऊन पाउँछ र अफ्नो खातामा थप्न पनि पाऊछ। बैंकले चलन चल्तीको ब्याज सो रकममा मात्र दिनु पर्छ।
(च) रातो अंकमा लेखिएको रकम चांही सम्बन्धित सहकारीको सम्पती उचित मुल्याँकन गरि लिलामी पस्चात दामासाहिले खातामा जम्मा गरिदिने।
(छ) सहकारी सम्पति लिलाम गर्दा उचित मुल्य र पारदर्शिता कायम गर्न एक सहकारी सम्पति लिलाम समिति बनाउने जसमा एक एक जना प्रतिनिधि राख्ने।
१. सम्बन्धी बैंक
२. समस्याग्रस्त सहकारी व्यवस्थापन समिति
३. सम्बन्धित सहकारी
४. सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान।
बैंकले यो काम किन गर्छ ?
देशको आर्थिक अवस्था खस्केर बजार चलाएमान नहुदाँ यो सरकारलाई मद्दत गर्नु बैंकको दायित्व हुन आउछ र सो कार्य गरे वापत बैंकलाई करमा सहुलियत अथवा लिलामी बाट उठेको रकमबाट खर्च भनेर ५(१० प्रतिशत कट्टा गर्न पनि सकिन्छ।
यसरी बैंकमा बचतकर्तालाई जोडिदिदा बचतकर्ता आफ्नो रकम सरकारले सुनिस्चित गरिदियो भनेर सरकारको जय जयकार गर्छन र पैसा बिस्तारै भए पनि आउँछ भन्ने हुन्छ । यसले सरकार घचघचाइ रहने र सडक तताई रहने सहकारी आन्दोलन बन्द हुन्छ।
यो सुझाव कस्ले कार्यनयन गर्ने ?
सहकारी समस्या समाधान उच्च समिति
१. सहकारी मन्त्रालय ( मन्त्री
२. अर्थ मन्त्रालय ( मन्त्री
३. कानुन मन्त्रालय ( मन्त्री
४. समस्याग्रस्त अफिस( अध्यक्ष
अब यो सुझाव कार्यनयन गर्न मिक्छ कि मिल्दैन ?
सरकारले आर्थिक कारोबार गर्न अनुमती दिएर खोलेको सहकारीबाट जनताको पैसा ठगी गरेर लैजान कानुनले नरोक्ने अनि जनताले आफ्नो पैसा माग्दा चाहि कानुनले रोक्ने ?
कानुनले मिल्दैन भने मन्त्री परिषदबाट पास गराऊने, नत्र प्रधानमन्त्रीको ठाडो आदेशबाट लागू गराउने ।




