Odapalika - The Fourth Estate - चौथो अंग
गरीब खोज्ने अभियानमा काठमाडौँ महानगरपालिका 

काठमाडौं । काठमाडौं महानगरपालिकाले गरीब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्ने भएको छ । शनिबार एक सूचना जारी गर्दै महानगरले सुपरीवेक्षक तथा गणक करारमा लिने भएको छ । 

तथ्यांक संकलन गर्नका लागि २१ जना सुपरीवेक्षक तथा २ सय ९ जना गणक गरी २३० जना कर्मचारी माग गरेको छ । 

नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०८०/०८१ का लागि स्वीकृत बजेट तथा कार्यक्रम अनुसार काठमाडौं महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि ट्याब्लेटमार्फत तथ्यांक संकलन तथा सुपरीवेक्षण गर्ने महानगरले जानकारी दिएको छ ।  

आवेदकले सूचना जारी भएको २१ दिनभित्र आवेदन दिन सक्ने महानगरले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update