प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
पुस १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठले आफ्नो चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ पुर्याउनका लागि १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ रहेको छ ।
नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि कम्पनीले सो मात्रामा हकप्रद सेयर जारी गर्नेछ ।
१७ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ६३ लाख रुपैयाँ पुग्ने छ ।
प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १२:५८
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    