काठमाडौँ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर रोकायाका अनुसार उनको आज विहान निधन भएको हो । उपाध्यक्षको निधनमा आज पालिकाभर शोक बिदा दिइएको छ ।
अध्यक्ष भरतबहादुर रोकायाका अनुसार उपाध्यक्ष जोशीको ५२ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो । उपाध्यक्ष जोशी क्यान्सरबाट पीडित थिइन् । ललितपुरको किष्ट अस्पतालमा उपचार गराएर फर्किएकी उनको घरमै निधन भएको हो । जोशी नेपाली कांग्रेसबाट उम्मेदवार भई उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ११:४६
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    





                                        
                                        
                                        
                    
                    