 
                                                                    काठमाडौँ । संघीय संसदका दुबै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै छ भने राष्ट्रिय सभाको बैठक पनि १ बजे नै बोलाइएको छ ।
प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीको सांसद पद निलम्ब नभएको जानकारी गराउने छन् ।
आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्तकार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी र प्रधानमन्त्री कार्यालयबाट प्राप्त छुट्टाछुट्टै कार्यभार तोकिएको पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी गराएको छ ।
यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम आयोगको कार्यविधि थप गर्न बाधा अड्काउ फुकाउ आदेश प्रस्ताव पेश गर्नेछन् ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
सभामुख घिमिरेले १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको अनुपस्थितिको सूचना सभाको स्वीकृतिको लागि पेश गर्ने पनितयारी छ ।
राष्ट्रिय सभा बैठकमा ‘विधायनव्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधानअनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन २०८०’ लाई राष्ट्रिय सभामा पेश गर्ने कार्यसूची छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट पठाएको छुट्टा छुट्टै दुई पत्रको सन्देश सदनलाई जानकारी गराउने संघीय संसद सचिवालयले जनाएको छ ।
बैठकमा तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद्को सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सदनलाई जानकारी गराउने संसद सचिवालयबाट जारी कार्यसूचीमा उल्लेख छ ।

 
                
            



 
                                         
                                         
                                        ![संसदको हिउदे अधिवेशन सुरु, कसले के भन्दैछन् ?  [LIVE]](https://www.odapalika.com/uploads/posts/350X220/samsad-1717475793.jpeg) 
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    