मौसम सुध्रियो, यस्तो छ देशभरको अवस्था 

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण देशका पहाडी भागको मौसममा सामान्य बदली आउने देखिएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा पानी पर्न सम्भावना छ । 

तर हिजो अस्ती जस्तो पानी भने नपर्ने विभागको भनाइ छ। समग्रमा कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति  देशका पहाडी भू–भागमा आंशिक बदली रही  बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी तथा कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०६:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update