
काठमाडौँ । बझाङ–१ प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।
कडा टक्करबीच भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई २६६ मतान्तरले पराजित गरे । भण्डारीले ११ हजार ६१२ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका सिंहले ११ हजार ३४६ मत ल्याए ।
माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८३१ मत ल्याए । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत ल्याएका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१ १४:४२
प्रतिक्रिया दिनुहोस्