संसद खोल्न बालुवाटारमा बैठक 
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । प्रमुख प्रतिपक्षी दलले गरिरहेको संघीय संसद अवरोध हटाउने विषयमा सत्तारूढ दलहरूबीच छलफल भएको छ ।
बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरूले संसदको गतिरोध खुलाउने विषयमा छलफल गरेको जनाएका छन् ।
बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठलगायतका नेता सहभागी थिए ।
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ११:४४
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                                         
                                         
                                        ![संसदको हिउदे अधिवेशन सुरु, कसले के भन्दैछन् ?  [LIVE]](https://www.odapalika.com/uploads/posts/350X220/samsad-1717475793.jpeg) 
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    